+
+

भारतले मधेसीलाई सहयोग नगरेको उपेन्द्र यादवको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते १०:३०

११ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतले अहिलेसम्म मधेसी नेताहरुलाई आफ्नो नसम्झेको आरोप लगाउनुभएको छ । मधेसीले भारतलाई सधैँ आफ्नो सम्झेको तर, भारत सरकारले कहिल्यै आफ्नो नसम्झिएको यादवको गुनासो छ । भारतीय पत्रिका ‘तिसरी दुनियाँ’का लागि नरेश ज्ञवालीलाई दिएको अन्तरवार्तामा यादवले भन्नुभएको छ- ‘मधेसीले भारतलाई सदैव सबैभन्दा नजिकको मित्र, सबैभन्दा आफ्नो सम्झेको छ । तर, भारतको सरकारले कहिल्यै मधेसलाई आफ्नोजस्तो व्यवहार गरेन ।’upendra-yadav

मधेसप्रति भारतको बुझाइ गलत भएको भन्दै यादवले आन्तरिक उपनिवेशवादविरुद्धको संघर्षमा सहयोग गर्न आग्रह गर्नुभयो । ‘नेपालको केन्द्रीय प्रशासनसँग हाम्रो लडाइँ चलिरहेको छ । नेपालको राजनीतिक, आर्थिक तथा सांस्कृतिक लगायतका मामिलामा भारतको भूमिका अहम रहँदै आएको छ । भारत एक विकसित राष्ट्रका रुपमा अघि बढ्दै छ भने उसको दायित्व पनि हुन्छ कि छिमेकमा के भइरहेको छ, त्यसमा उचित ढंगले सहयोग गर्नु ।’ अन्तरवार्तामा यादवले भन्नुभएको छ-‘यदि मधेस बर्बाद भयो भने यसको सीधा असर भारतलाई पर्छ । यसैले पनि जसको असर जहाँ हुन्छ, त्यहाँ सोच्नुपर्छ र आफ्नो भूमिका स्पष्टरुपमा अघि बढाउनुपर्छ ।’

भारतले अहिले पनि मधेसलाई नबुझेको र पीडा नसुनेको उहाँको गुनासो थियो । मधेस र भारतको सम्वन्ध नेपाल देश बन्नुभन्दा पहिलेको भन्दै फोरम अध्यक्ष यादवले भन्नुभएको छ-‘मधेस र भारत एकआपसमा यति जोडिएका छन् कि यिनीहरुका बीचमा रोटीबेटीको सम्वन्ध छ । यो सम्वन्ध नेपाल बन्नुभन्दा पहिलेको हो ।’भारतको केन्द्रीय सरकारले मधेसमा प्रत्यक्ष रुपमै केही गरोस् भन्नुभएको हो भन्ने प्रश्नमा यादवले प्रत्यक्ष हस्तक्षेप नचाहेको तर, भारतलाई मधेसको पीडा बुझ्न भनेको बताउनुभयो । उहाँले भन्नुभयो-‘हामी यो भन्दैनौं कि भारतले सीधा हस्तक्षेप गरोस् । तर, मधेस जुन पीडाबाट छटपटिरहेको छ, त्यसबाट मुक्तिका लागि जुन लडाइँ लडिरहेको छ त्यसलाई बुझोस् ।’

बिराटनगरमा भारतीय कार्यालय आफैंले खोलेको दाबी

कोशीमा आएको बाढीका कारण उत्पन्न समस्या समाधानका लागि बिराटनगरमा भारतीय क्याम्प राख्ने सम्झौता आफू विदेशमन्त्री हुँदा आफैंले गरेको भन्दै फोरम अध्यक्ष यादवले कार्यालय कहिलेसम्म राख्ने केही उल्लेख नभएको र दुई देशको सरकारले जनताको हितमा निर्णय गर्नुपर्ने बताउनुभयो । ‘विदेशमन्त्रीको हैसियतमा त्यो अफिसको उद्घाटन मैले नै गरेको थिएँ । मैले नै त्यसबेला भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीलाई विशेष आग्रह गरेर त्यसबेला पूर्वी नेपाल र पश्चिम नेपालबीच यातायात सम्बन्ध जोड्न बिराटनगरमा क्याम्प अफिस खोलिएको थियो ।’ यादवले अन्तरवार्तामा भन्नुभएको छ, ‘मेरो आग्रहलाई प्रवण मुखर्जीले तुरुन्त गम्भीरताका लिनुभयो र त्यो कार्यालय खोलियो ।’

 (यादवको अन्तरवार्ता बुधबार अनलाइनखबरमा प्रकाशन हुनेछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?