+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इन्जिनियरको निर्वाचनमा फर्जी मत पाइएको भन्दै उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १७:१५

१ चैत, काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएनको मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै धनुषा प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ ।

अध्यक्षको प्रत्यासी रहेका गौरी पण्डितसहित उनको प्यानलले प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् । मतगणनाको क्रममा ७५ बढी मत शंकास्पद रहेको जनाउँदै छानबिन गर्न माग गरिएको छ।

असन्तुष्ट पक्षले मतगणना स्थलमा ताला लगाएको अध्‍यक्षका उम्‍मेदवार भने, ‘ हाम्रो पुरै प्‍यानलले अग्रता लिइरहेको थियो । सिडेनले फर्जी मतहरु प्रयोग गरेको देखिएको छ।’

शंकास्पद मतपत्रको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याएपछि मात्रै मत गणना गर्न निवदेक पक्षले माग गरेको छ। पण्डितको प्यानलले स्वतन्त्र उम्मेदवारी दिएको छ। फागुन २७ मा सम्पन्न मतदान विवाद हुँदा नतिजा सार्वजनिक हुन सकेको छैन।

मधेस प्रदेश सहित केन्द्र र बागमती प्रदेशको मत परिणाम सार्वजनिक भएको छैन। अन्य पाँच प्रदेशमा कांग्रेस निकट इन्जिनियरहरुको संस्था सिडेन विजयी भएको छ।

हेर्नुस् उजुरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?