
२१ चैत, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) एमाले प्रवेश गरेका छन् ।
उनी २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्केका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4