+
+

हेटौंडाका व्यवसायीले गरे नापतौल कार्यालयको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते २०:०६

५ वैशाख, हेटौंडा । मकवानपुरको हेटौंडामा रहेका व्यवसायीहरुले नापतौल कार्यालय राख्न माग गरेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा नापतौल कार्यालय नहुँदा मारमा परेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले कार्यालय राख्न माग गरको हो ।

बागमती प्रदेशमा उद्योग बाणिज्य तथा आपँर्ती मन्त्री मिलनबाबु श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रदेशका उद्योगी व्यवसायीले मधेश प्रदेशमा गएर नापतौलको उपकरण दर्ता तथा नवीकरण गराउन बाध्य रहेको बताए ।

नापतौल कार्यालय नहुँदा ढक, काँटा, लिटर, मिटर जस्ता सामान बेच्ने क्रममा नापजाँचको लागि असहजता भोग्दै आएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए । उनले भने, ‘कतिपय समयमा अद्यावधिक भएका नियमहरु समयमै जानकारी नपाउँदा ठँलो जरिवाना र त्रासको अवस्था सिर्जना हुने गरेको छ ।’

तत्कालीन सरकारले विकास क्षेत्रको हिसाबले नापतौल कार्यालय वीरगञ्जमा राखेको थियो । नापतौलका उपकरणहरुको दर्ता र नवीकरण शुल्क पनि अन्य प्रदेशमा बुझाउन जाँदा राजस्व पनि अन्य ठाउँमै जाने गरेको उनीहरुको भनाइ छ ।
व्यवसायीको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले नापतौल कार्यालय हेटौंडामा राख्नको लागि आफँले पहले गर्ने बताए ।रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?