+
+

काममा फर्किए गभर्नर, भने–पूर्वाग्रही भएर काम गर्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:१६
काममा फर्किएपछि महाप्रसाद अधिकारी

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् ।

काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । ‘अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त छु’ उनले भने ।

उनले आफूले व्यावसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले ‘बायस’ भएर काम नगर्ने दोहोर्‍याए ।

राष्ट्र बैंकमा हाजिर हुन पुगेका अधिकारीलाई कर्मचारीहरुले स्वागत गरेका थिए । स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीहरुले विरोध जनाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर अधिकारीलाई निलम्बन गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?