+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘कन्सट्रक्सन होलिडे’ : ठेकदारहरुले ११ वैशाखदेखि निर्माणको काम रोक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १९:२९
फाइल तस्वीर

८ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै ११ वैशाखदेखि निर्माण साइट बन्द गर्ने भएका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले ‘कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो ।

महासंघका महासचिव रोशन दाहालका अनुसार केही महिनादेखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमिन, पेट्रोल, ग्याँस) फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीहरुको अप्रत्यासित रुपमा अत्यधिक मूल्य वृद्धि भएको छ । यस्तो मूल्य वृद्धिको सम्बोधन नभएसम्म निर्माण व्यवसायीहरुले आर्थिक रुपले निर्माणका काम सञ्चालन गर्न नसक्ने उनले बताए ।

‘अप्रत्यासित रुपमा भएको मूल्य वृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं.–१ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं–२ जारी गर्न पटक–पटकको अनुरोध गरका छौं,’ उनले भने, ‘सरकारले हालसम्म पनि सम्बोधन नगरेको हुँदा आन्दोलनमा उत्रिन लागेका हौं ।’

वृद्धि भएको मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ठ रुपमा ठेक्काहरुको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

निर्माण सामग्रीहरुमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभएसम्म वा मूल्य वृद्धि नियन्त्रण भएर सामान्य अवस्था नभएसम्मको अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ को रुपमा लिएर सबै निर्माण कार्यहरु बन्द गर्न महासंघले निर्माण व्यवसायीलाई भनेको छ ।

कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि १३ वैशाखदेखि जिल्ला स्थित निर्माण व्यवसायी संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?