+
+

बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १७:११
फाइल तस्वीर

११ वैशाख, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो ।

सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ । अब दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको नगर समितिले एमालेसँग गरेको सहमतिप्रति जनमुक्ति पार्टीको एक समूहले भने असन्तुष्टि जनाएको छ । जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहाले बताए । ‘पार्टीको माथिल्लो तहका धेरैलाई एमालेसँग गठबन्धन गरेको चित्त बुझेको छैन,’ उनले भने, ‘एमालेसँग एजेण्डा, विचार केही मिल्दैन ।’

जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले बुटवलमा भएको गठबन्धन स्थानीय समितिले गरेको बताए ।

गत चुनावमा जनमुक्ति पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा करिब १२ सय र उपमेयरमा १५ सय मत ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?