
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छन् ।
सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । उनले आफूले निर्वाचन जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइन् ।
उनले काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन गर्ने पनि सुनाइन् ।
आफू प्रकाशमान सिंहको पत्नी मात्र नभई उनीसँग चिनजान अघिदेखि प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेको पनि नेतृ सिंहले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4