+
+

गिरिराजमणिको गृहनगर बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:३८

३१ वैशाख, महोत्तरी । नेकपा माओवादी केन्द्रको पकड मानिने महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता बढाएका छन् । कांग्रेसले कारबाही गरेपछि स्वतन्त्र उम्मेदवार बनेका प्रलहादकुमार क्षेत्रीले ३४५ मतसहित अग्रता फराकिलो बनाएका छन् ।

तर कांग्रेसबाट उम्मेदवार रहेका चिरञ्जीवी हमालले भने १० मत मात्रै पाएका छन् । हमाल गृहमन्त्री बालकृण खाँण निकट नेता हुन् । क्षेत्रीलाई नगर कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले टिकट दिएको थियो । तर पार्टी केन्द्रले भने हमाललाई टिकट दियो । पार्टीले टिकट नदिएपछि २०७४ मा पनि मेयरका उम्मेदवार रहेका क्षेत्रीले बागी उम्मेदवारी दिएका थिए ।

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गर्ने यो नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भने तेस्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत ल्याएका छन् । दोस्रोमा नेकपा एमालेका टेकबहादुर बलम्पाकीले मत ल्याएका छन् । उनले २५६ मत सहित कांग्रेसका बागी उम्मेदवार क्षेत्रीलाई पछ्याइरहेका छन् ।

अघिल्लोपटक यो नगरपालिकामा माओवादी केन्द्रका विदुरकुमार कार्की मेयरमा निर्वाचित भएका थिए । बर्दिबासमा यसपटक कुनै दलको गठबन्धन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?