
३१ वैशाख, गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई वटा वडाको मत गणना गर्दा मेयर र उपमेयर पदमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका हुन् ।
दुई वटा वडामा कुल २ हजार ६१७ मत खसेको थियो । जसमध्ये कांग्रेसका मेयर राजनराज पन्तले १ हजार ५६ र उपमेयर उम्मेदवार मसली माया थोकरले १ हजार ८२ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्ण रानाले ७ सय १० मत ल्याएका छन् ।
एमालेका मेयर उम्मेदवार सम्झना देवकोटाले ६ सय ३४ र उपमेयर उम्मेदवार देवीबहादुर बस्नेतले ६ सय १५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनता समाजवादी पार्टीका उपमेयर उम्मेदवार नारायण खत्रीले ३ सय ५८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4