
३१ वैशाख, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामालाई पराजित गर्दै एमालेका जय थापामगर वडाध्यक्ष विजयी भएका हुन् ।
एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
मेयरमा पनि एमालेकै अग्रता छ । कांग्रेसका मोहन बस्नेतले ९१० मत पाउँदा एमालेका श्रीराम आचार्यले ९१३ मत पाएका छन् ।
उपमेयर भने कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेदवार बसन्ती तामाङले ७७८ मत ल्याउँदा एमालेका इन्दिरा न्यौपानेले ८६४ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4