२ जेठ, काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपालले १०३ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा सीमित पारेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि भने पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिइन् ।
युगान्डाका लागि ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाइन् । अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भइन् ।
तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौका सहित २९ रन बनाइन् । चौथो क्रममा आएकी फ्राङ्क्लिन नजुम्बो १८ बल खेल्दै १ चौका सहित १२ रन बनाइन्
पाँचौं क्रमकी रिता मुसामाली १७ बलमा १३ रनमा अविजित रहिन् । छैटौं क्रमकी रिता न्याङ्गिन्डो १३ बलमा १८ रन बनाउँदै क्याच आउट भइन् । सातौं क्रममा आएकी इल्यान अन्यीपो ५ रनमा अविजित रहिन् ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ १ विकेट लिएका हुन् ।
प्रतिक्रिया 4