
२ जेठ, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनी ५ हजार ४९८ मत ल्याउँदै मेयरमा विजयी भएका हुन् ।
गुरुङका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईले ५ हजार ५३ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर पौडेलले चाहिँ ५७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी नम्रता गौतम ५ हजार ६२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे । राप्रपाकी उम्मेदवार रुद्रकुमारी आलेले ६७ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4