
३ जेठ, मुगु । जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका विष्णुकुमार भामले ४५९९ मत प्राप्त गरी विजयी भएका छ्न् । उनी ७३९ मतान्तरका साथ विजयी भएका हुन । भामका प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर रावलले ३८६० मत पाए ।
यस्तै, उपमेयरमा पनि कांग्रेसकी ऐश्वर्य मल्लले ४३२५ मत प्राप्त गरी विजयी भएकी छिन् । उननी ६०८ मतान्तरका साथ विजयी भएकी हुन् ।उनकी प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले ३७१७ मत पाइन् ।
नगरपालिकाका १४ वडामध्ये ७ वडामा एमालेले जितेको छ भने ६ वडामा कांग्रेसले जितेको छ । एउटा वडा एकीकृत समाजवादीले जितेको छ । माओवादीले एउटा वडा पनि जितेन ।
नगरपालिकामा एमाले र कांग्रेस एक्ला-एकलै निर्वाचनमा सहभागी भएका थिए भने माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयरसहित ७ वडामा जितेको थियो । एमालेले उपमेयरसहित पाँच वडा जितेको थियो । माओवादीले २ वडा जितेको थियो ।
खत्याड गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो । एमाले र समाजवादी छुट्टाछुट्टै चुनावमा सहभागी थिए ।
प्रतिक्रिया 4