४ जेठ, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा निर्वाचित भएका छन् ।
राजु थापाले निकटतम प्रतिस्पर्धी एमालेका डिलबहादुर कार्कीलाई १ हजार बढी मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
कांग्रेसका थापाले ७ हजार ७५१ मत ल्याउँदा एमालेका कार्कीले ६ हजार ३७६ मत मात्रै पाए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापाले ६ हजार ७१२ मत ल्याउँदा एमालेकी कोपिला कुमारी पुनले ६ हजार ४४८ मत ल्याइन् ।
प्रतिक्रिया 4