+
+

नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण फुटबल नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १५:५६

८ जेठ, काठमाडौं । नेपाल र अफगानिस्तानबीच कतारमा हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल नहुने भएको छ ।

एन्फाले एक महिना अघि कुवेतमा हुने एएफसी एसियन कप छनोटको तयारी स्वरुप नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी गराएको थियो ।

तर अब भने दुवै खेल नहुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । ‘यसअघि अफगानिस्तान पनि कतारमा आउने भएकोले खेल हुने भनिएको थियो । तर, अब अफगानिस्तानको टिम पनि कतार नजाने भयाे,’ तुलाधरले अनलाइनखबरसँग भने ।

नेपालले यही जेठ अन्तिम साता कुवेतमा एसियन कप छनोट खेल्दैछ । त्यसैको तयारीमा रहेको नेपाली टिमले दशरथ रंगशालमा विदेशी खेलाडी सम्मिलित एभेनियर एफसी दाउलासँग पाँच अभ्यास खेल खेलिसकेको छ ।

नेपालले थप तयारी भने कतारमा गएर गर्ने तुलाधरले जानकारी दिए । त्यसका लागि केही दिनपछि नै नेपाली टिम कतार जानेछ । त्यसका लागि टिकट मिलाउने काम भइरहेको तुलाधरले बताए ।

कुवेत जानु अघिसम्म नेपाली टिमको प्रशिक्षण कतारमै हुनेछ ।

एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले क्याम्प छाडेका १० खेलाडी र माल्दिभ्सको लिग खेलिरहेको कप्तान तथा गोलकिपर किरण लिम्बुलाई बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । जसमा विकास तामाङ, शिव गुरुङ, निर कुमार राई र रोसन राना मगरले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

कुवेतमा हुने एसियन कप छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जेठ २५ गते खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जेठ २८ गते र तेस्रो खेल इन्डोनेसियासँग जेठ ३१ गते खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?