+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल बैंकद्वारा बागमती प्रदेशस्तरीय बजेट गोष्ठी आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:२०

काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बागमती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

धुलीखेलमा ४-७ वैशाखसम्म आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता थियो ।

प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।

प्राप्त सल्लाह एवं सुझावहरुलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढी हुने  साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिने लगायतका विषहरुमा बृहत रुपमा छलफल भएको बैंकले बताएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको बताए । जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि बढेको उनको भनाइ छ ।

कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धकहरु पासाङ दोर्जे शेर्पा, धिरज राई, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, तालिम तथा विकास डिभिजन प्रमुख श्रीप्रसाद सिवाकोटी लगायत सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?