+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनमा केन्द्रीय नेताकै वडामा हार्‍यो एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १६:३८

११ जेठ, चितवन । चितवनमा नेकपा एमालेले अघिल्लो चुनावको तुलनामा राम्रो नजिता ल्याउन सकेन । तर, ३ पालिका प्रमुख, ४ उपप्रमुख, ३६ वडाध्यक्षसहित २४२ जनप्रतिनिधि जितेर एमाले जिल्लामा पहिलो दल बनेको छ ।

तथापि चुनावी परिणाम अपेक्षा गरेको भन्दा कम आएको एमाले नेताहरु बताउँछन् । एमालेले यसपटक ‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ’ भन्ने नारा तय गरेको थियो ।

तर, जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कतिपय केन्द्रीय सदस्यहरूकै वडामा एमाले पराजित बन्न पुग्यो । मतगणनाका क्रममा केन्द्रीय सदस्यको वा जिल्लास्तरका ठूला नेताको वडामा पुगेपछि मत बढ्ने अपेक्षा गरिन्छ । तर, चितवनमा केन्द्रीय सदस्यहरुकै वडामा एमालेले धक्का खाएको छ ।

चितवनबाट एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित १० जना केन्द्रीय सदस्य छन् । एमाले उपाध्यक्ष थापाको वडा भरतपुर महानगरपालिका वडा नं. १० हो । उनको वडामा एमालेका उम्मेदवार भक्ति गौतम कांग्रेसका परमेश्वर खनालसँग ३२७ मतले पराजित बने ।

यो वडामा एमालेका पूर्व जिल्ला अध्यक्ष एवम् क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलको घर भएको वडा हो । यसै वडामा केन्द्रीय सदस्य शिवकुमारी गोतामे पनि बस्छिन् । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे राप्ती नगरपालिका–५ का मतदाता हुन् । पाण्डेको वडा जिते पनि लामो विरासत बनेको उनको पालिका यसपटक एमालेले गुमाएको छ ।

एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको रत्ननगर नगरपालिका वडा नं. ९, अर्का स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य प्रभा बराल, जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेलको राप्ती वडा नं. ७, पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको भरतपुर वडा नं. ४, केन्द्रीय सदस्य जगन्नाथ थपलियाको खैरहनी वडा नं. ३ र ८, केन्द्रीय सदस्य पार्वती रावलको भरतपुर–१६ मा एमालेले हार ब्यहोरेको छ ।

केन्द्रीय सदस्य कपिल पोखरेलको रत्ननगर नगरपालिका वडा नं. ७ भने एमालेले जित्यो । एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल खासै जिल्लामा आएर राजनीतिक गतिविधिमा संलग्न हुँदैनन् । यसपटक चुनाव आउन भन्दा केही दिन अगाडि आएर केही चुनावी सभामा भाग लिनेबाहेक अन्य समयमा जिल्लामा निकै कम आउने नेतामा पर्दछन् उनी ।

केन्द्रीय सदस्यहरुकै वडामा चुनाव हार्नुको पछाडि नेताहरुले आफ्नो वडालाई प्राथमिकता नदिनु भएको एमालेका एक जिल्ला पदाधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?