+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सिस्नेरी र ठोस्ने खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउनेबारे अध्ययन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:३२

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपरका जलस्रोतलाई उपत्यकाको खानेपानीको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्ने भएकाले छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले दुई खानेपानी आयोजनाका बारेमा अध्ययन थालिने बताए ।

उनले बजेट वक्तव्यमा सिस्नेरी र ठोस्ने खोलाको पानी काठमाडौं ल्याएर वितरण गर्नेबारे अध्ययन हुने बताए । मकवानपुर र काठमाडौंको सिमानामा सिस्नेरी खोला पर्छ भने दक्षिणी ललितपुरमा ठोस्नेखोला छ । सरकारले यी खोलाको पानी काठमाडौंमा ल्याउनेबारे अध्ययन थाल्ने घोषणा गरेको हो ।

यी बाहेक काठमाडौं वरपर खानेपानीको स्रोत रहेका ठाँउमा पानी संकलन गर्ने पोखरी निर्माण गर्ने अनि त्यहाको पानीको सदुपयोग गर्ने घोषणा गरेको हो । साथसाथै ती ठाँउमा जलाधार क्षेत्रको रुपमा विकास गरी पार्क समेत बनाइने बजेट बक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?