
२० जेठ, जनकपुरधाम । धनुषा प्रहरीले जरायोको सिङसहित जनकपुरधामबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे छन् ।
उनीहरूलाई जनकपुरधाम २४ बाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भएको क्षेत्रीले बताए ।
सिंग बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4