
२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ ।
अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ ।
आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले २५ हजार रुपैयाँ पाए ।
पुरस्कार वितरण समारोहमा सञ्चारमन्त्री शर्माले मानव जातिले वातावरणबाट धेरै कुरा लिने तर जोगाउन पहल नगर्ने समस्या देखिएको बताए । उनले लुम्बिनी प्रदेश सरकारल् ल्याएको सञ्चार विधेयक पास भएमा पत्रकार र सञ्चार माध्यमलाई फाइदा पुग्ने पनि बताए ।
बजेट निर्माणको चरणमा रहेको बताउदै मन्त्री शर्माले सञ्चार क्षेत्रलाई ध्यानमा राखेर बजेट ल्याउने पनि बताए ।
प्रतिक्रिया 4