+
+

चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते ८:५२
फाइल तस्वीर

२७ जेठ, चितवन । चितवनको राप्ती नगरपालिका– १ मा एकजना पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् ।

राप्ती नगरपालिका वडा नं. १ डिपार्टस्थित गाउँ नजिकै आज विहान तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्र बहादुर थिङ (वाइवा) लाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

घटनालगत्तै प्रहरी र स्थानीय मिलेर घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । घाइते वाइवाको अनुहार र घाँटीमा चोट लागेको छ ।

चितवनमा पछिल्लो समय बाघको आक्रमणका घटना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?