
२९ असार, काठमाडौं । जिल्ला अदालत, भक्तपुर नेपाल इञ्जिनियरिङ कलेजमा अनियमितता गरेर ठगेको भन्ने आरोपबाट सञ्चालकहरुलाई सफाई दिएको छ । जिल्ला अदालतले कलेजको सञ्चालक हुँदा रकम हिनामिना गरेको भन्ने आरोपबाट उनीहरुलाई सफाइ दिएको हो ।
उनीहरुमाथि सामाजिक संस्थाको रुपमा स्थापित कलेजको सम्पत्ति दुरुपयोग गरेको आरोपमा मुद्दा चलेको थियो । प्रहरीको केन्द्रित अनुसन्धान व्यूरो(सिआईबी)ले कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने, सञ्चालकहरु रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम, रामकुमार श्रेष्ठमाथि ठगी गरेको आरोप लगाएको थियो ।
न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपित सबैलाई सफाई दिएको हो । न्यौपानेमाथि ३३ करोड ७५ लाख, उपाध्यायमाथि ४ करोड ७० लाख, भट्टराईमाथि ६ करोड ३४ लाख, गौतममाथि ५ करोड ६९ लाख अनि श्रेष्ठमाथि २८ दाख ६४ रुपैंया विगो मागदावी गरेको थियो ।
उनीहरुमाथि सामाजिक संस्थाको रुपमा दर्ता नेपाल इञ्जिनियरिङ कलेजको आम्दानी दुरुपयोग गरेको आरोप थियो ।
प्रतिक्रिया 4