३१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले ओमान विरुद्ध पहिले बलिङ गर्दैछ ।
पर्ल्याण्डस्थित माेसा क्रिकेट स्टेडियममा ओमानले टस जितेर पहिले ब्याटिङ गर्न लागेकाे हाे । लिग टू मा ओमानकाे याे अन्तिम खेल हाे ।
नेपाल अमेरिका विरुद्ध अघिल्लाे खेल खेलेकाे टिममा एक खेलाडी परिवर्तन गरेको छ । सुशन भारीकाे स्थानमा सागर ढकाल पहिलाे राेजाईँमा खेल्दैछन् ।
प्रतिक्रिया 4