
१८ असार, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरी विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् ।
शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वादेशमै विकास निर्माणमा परिचालन गर्ने बताएका हुन् ।
देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्न सक्दो प्रयास गर्ने बताए ।
देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्ने उनको भनाइ छ ।
सुदूरपश्चिमको अछामबाट प्रतिनिधित्व गर्दै श्रममन्त्री बनेका कुँवरले आफूले सीम्हालेको जिम्मवारी पूरा गर्नका लागि सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवाप्रति मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4