
२२ असार, काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा गरेका छन् । जसले गर्दा उनको सत्ता संकटमा परेको छ ।
बालबालिका सम्बन्धी मन्त्री विल क्विन्स राजीनामा गर्ने तेश्रो मन्त्री बनेका छन् । यसअघि अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले १० मिनेटको अन्तरमा राजीनामा दिएका छन् ।
यस्तै सरकार तथा मन्त्रीका केही सहयोगीले पनि राजीनामा गरेका छन् । जोन्सन जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4