+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिस नेपाल प्रियंका ओएसीस एजुकेसनको व्यावसायिक दूत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १३:५३

काठमाडौं । ओएसीस एजुकेसनले मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ओएसीसका सञ्चालक कुशल केसीले ब्रान्ड एम्बेसडरको रुपमा मिस नेपाल प्रियंका नियुक्त भएसँगै ओएसीसका साझेदार शिक्षण संस्थाहरुले गुणस्तरीय तर किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे

केसीले भने, ‘हामी प्रियंकालाई ओएसीसमा स्वागत गर्न उत्साहित छौं । उहाँको कौशलता र उदारताका गुण हाम्रो कार्यशैलीसँग मिल्ने हुनाले हाम्रो यस सोझेदारी निकै नै फलदायी हुनेछ ।’

मिस नेपाल प्रियंकाले विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसेसिङ गर्न सहयोग गर्दै आएको यस कम्पनीसँग आवद्ध हुन पाएकोमा आफू उत्साहित भएको बताइन् ।

ओएसीस र द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यसअघि यस संस्थाको ब्रान्ड एम्बेसडरका रुपमा मिस नेपाल वर्ल्ड श्रृँखला खतिवडा रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?