+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तनहुँमा थपिए चार हजार ८८४ नयाँ मतदाता

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् ।

रासस रासस
२०७९ साउन १ गते १४:५६

१ साउन, तनहुँ । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सञ्चालन भएको थियो ।

एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । ‘फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ”, उनले भने, ‘दैनिकजसो कार्यालयमा भीड हुन्छ ।’

मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन् । तनहुँमा हालसम्म दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार दुई ६०० छ मतदाता छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?