+
+

टीभी रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सको घोषणा, विजेतालाई ७५ हजार डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ११:०९

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ठूलो धनराशीको पुरस्कारसहित दुई टेलिभिजन रियालिटी शो आयोजना गर्ने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी दिए ।

विश्वभर छरिएर रहेका नेपालीभाषीहरुको सहभागितामा यो शो आयोजना गरिने भएको छ । ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउने भएका छन् ।

फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले भने, ‘विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एकसूत्रमा बाँध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

शोमा सहभागी हुन चाहनेले इन्ट्रा–फाउन्डेसनको एपमार्फत आवेदन दिन सक्ने भएका छन् । अगस्टदेखि सुरु हुने अडिसन ३१ डिसेम्बर ३१ २०२२ सम्म जारी रहने जनाइएको छ । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ ।

नेपालका सहरमा अडिसन हुनेछ भने क्यानडा र अमेरिकामा १-१ स्थानमा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ । फेब्रुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनका अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा कलाकारहरु नीर शाह, भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्की, ‘द भ्वाइस अफ नेपाल’का अध्यक्ष लक्ष्मण पौडेललाई सम्मान समेत गरियो ।

इन्ट्रा फाउन्डेसनले अहिले ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?