+
+

भारतमा मंकीपक्स देखिइसक्यो, सरकार निद्रामा छ : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १३:३३
योगेश भट्टराई । फाइल तस्वीर

१० साउन, काठमाडौं । मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायलकायल बनाएको बताए ।

हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उनले सुनाए ।

भारतमा समेत चार वटा केस देखिएको भन्दै उनले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताए । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै एमाले सचिव भट्टराईले भने, ‘तर नेपाल सरकार मौन बसेको छ, सरकार निद्राको अवस्थामा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?