+
+

संसदीय समितिको निर्देशन : विदेशी कामदारको ठाउँमा नेपालीलाई राख्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १६:१४
उद्योग समितिको फाइल तस्वीर ।

१६ साउन, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगमा कार्यरत विदेशी मजदुरको विवरण संकलन गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले नेपाली कारखानाको अनुगमन गरी विदेशी कामदारको लगत संकलन गर्न श्रम विभागलाई निर्देशन दिएको सभापति विमल श्रीवास्तवले जानकारी दिए । समितिले विदेशी कामदार रहेको भए उनीहरुको ठाउँमा नेपालीलाई नै राख्न पनि निर्देशन दिएको छ ।

‘…विभिन्न कारखानाहरुमा विदेशी कामदारहरु रहेको विषयमा श्रम विभाग मार्फत सोको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरुलाई समेत सहभागी गराउन निर्देशन दिन्छ’ श्रीवास्तवले भने ।

समितिले उद्योग र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकायसँग समन्वय गरी उद्योगका मजदुरको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले कतार, इजरायल तथा दक्षिण कोरियाको रोजगारीका विषयमा श्रम मन्त्रालयले अहिलेसम्म गरेका कामको प्रगति विवरण पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?