+

बार्सिलोनालाई गाम्पर ट्रफी

२०७९ साउन  २३ गते १०:५६ २०७९ साउन २३ गते १०:५६
बार्सिलोनालाई गाम्पर ट्रफी

 २३ साउन,  काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० ले हराएर जोन गाम्पर ट्रफीको उपाधि जितेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा यसै समरमा अनुबन्ध भएका रोबर्ट लेवान्डोस्कीले पनि एक गोल गरे ।

यस्तै पेड्रीले दुई गोल गर्दा उसमान डेम्बेले, पिएरे एमरिक औबामेयाङ र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।

म्यानचेष्टर युनाइटेड जाने चर्चा भइरहेको फ्रेन्कीलाई क्लबमै राख्न चाहेको प्रशिक्षक जाभी र अध्यक्ष जोन लापोर्टाले बताएका छन् ।

बार्सिलोनाले आफ्ना पूर्वखेलाडी डानी अल्भसलाई समेत सम्मान गरेको थियो । अल्भ्स हाल पुमासमा अनुबन्ध छन् । 

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय