+
+

अख्तियारले विद्यालयमा छापा मारेको विरोधमा पढाइ बन्द गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १९:११

२ भदौ, काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना माविमा बुधबार छापा मारेको विषयलाई लिएर सुर्खेतका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुले विरोध जनाएका छन् ।

उनीहरले विद्यालयमा पठन पाठन बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

उनीहरुले अख्तियारबाट विद्यालयमा छापा मार्दा आत्मसम्मानमा चोट पुगेको बताएका छन् । उनीहरुले बिहीबार संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ,‘अभिभावकबाट प्राप्त स्वेच्छिक सहयोगबाट सञ्चालित विद्यालयहरुमा विभिन्न निकाय, व्यक्ति र संस्थाहरुबाट पटक पटक गरिने अवरोध तथा अनुचित हस्तक्षेत्रका कारण विद्यालयको पठनपाठन, अभिभावककको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयका अभिभावकीय संस्थाहरुको मनोबल र आत्मसम्मानमा चोट पुगेको छ ।’

विरेन्द्रनगर नगरपालिकाभित्रका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा विद्यालयहरुको समस्या सम्बोधन नगरिए ७ गतेदेखि विद्यालयको पठनपाठन बन्द गराउने समेत चेतावनी समेत दिइएको छ ।

‘…सामुदायिक विद्यालयहरुको समस्या र भावनालाई सम्बोधन नगरिएमा भदौ ७ गतदेखि नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी गराउँदछौं ।’

बन्द परिस्थितिबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जनाएका छन् ।

जन नमूना माविले नेपालको संविधान, उच्च अदालत सुर्खेतको परमादेश र अन्तरिम आदेश विपरित बिद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचना आएको भन्दै बुधबार विद्यलयमा छापा मारेको थियो । वीरेन्द्रनगरबाटै खटिएको अख्तियारको टोलीले रसिद बिना विद्यार्थीसँग लिएको २ लाख ७६ हजार ६९० रुपैयाँ जफत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?