+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गुल्मीमा जीप दुर्घटना, ७ वर्षीय बालक गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १७:३२

१२ भदौ, गुल्मी ।  गुल्मी जिल्लाको चन्द्रकोट हरेवामा जिप दुर्घटना हुँदा एक जना बालक गम्भिर घाइते भएका छन् ।

आइतबार चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर देखि सोही गाउँपालिकाको वडा नम्बर – ७ रुपाकोटतर्फ जाँदै गरेको लु १ ज १८३४ नम्बरको जिप  दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय संगीत परीयार गम्भिर घाइते भएका हुन् । गम्भीर गाइते परियारलाई पाल्पा रिफर गरिएको चन्द्रकोट इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक बीरबहादुर रोकाहले जानकारी दिए ।

जीपमा सवार अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गम्भिर घाइते बालककी आमा अन्दाजी वर्ष २७ की सपना परियार, चन्द्रकोट गाउँपालिका –५ की २६ वर्षिय सीता बस्याल, उनका छोराहरु वर्ष पाँचका छोरा रन्जित बस्याल, डेढ वर्षिय छोरा सुशान्त बस्याल रहेका छन् ।

उनीहरुको चन्द्रकोट शान्तिपुरमा रहेको सि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ । जिपमा ६ जना सवार रहेका प्रहरीले जनाएको छ । जिप चालक २६ वर्षिय सोहमत तनामियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?