+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नक्कली ऋणी खडा गरेर कर्जा दुरुपयोग, सुपर लघुवित्त समस्याग्रस्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १८:४५

२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको असार २०७८ को वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणमा संस्थाको सञ्चालक समितिको अध्यक्ष र सञ्चालकबाट ऋणको दुरुपयोग भएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

२ चैत २०७८ मै संस्थालाई शीघ्र सुधारात्मक कारबाही विनियमावली २०७४ अनुसार कारबाही गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार समस्याग्रस्त घोषण गर्नुपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिएको भए पनि संस्थाले दिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त वित्तीय संस्था घोषणा गर्नुपरेको जनाएको छ ।

‘सुपर लघुवित्तको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको र प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले २२ भदौमा एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकाले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?