+
+
धीरज-अदितीसँग ‘बाबरी’ संवाद  :

धीरज हिरोमा सीमित नहुने, अदिती भन्छिन्- केटाहरु मलाई अप्रोच गर्न डराउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:३३

काठमाडौं । दुवैका लागि ‘बाबरी’ दोस्रो फिल्म हो । तर दुवै जना यसलाई पहिलो फिल्म भन्न रुचाउँछन् । धीरज मगर र अदिती बुढाथोकीले डेब्यु फिल्मबाट जे सिके, ‘बाबरी’ले स्टारडमलाई हेर्ने उनीहरुको दृष्टि नै बदलिदियो ।

दुवैका अघिल्ला फिल्म ‘लार्जर देन लाइफ’ शैलीका थिए । ‘इन्टुमिन्टु लण्डनमा’ र ‘कृ’ मध्यमवर्गीय दर्शकलाई प्रिय लाग्ने फिल्म थिए । तर अनलाइनखबरसँग यी दुई स्टारले प्राथमिकता बदलिएको खुलासा गरे ।

यस्तो खुलासा, ‘इमर्जिङ’ कलाकारका लागि अर्थपूर्ण हो ।

धीरज भन्छन्, ‘मलाई हिरोइज्मभन्दा एक्टर भएर फिल्ममा काम गर्न मन छ । इन्टुमिन्टु लण्डनमादेखि बाबरीसम्म काम गराइको अनुभवले यो फिल्डप्रति माया बढ्दै गयो । हिरोइज्ममा मात्र सीमित हुन मन लागेन, अन्य पात्रमा पनि एक्स्प्लोर गर्न मन लाग्यो ।’

अदितीलाई सुपरहिरोइन फिल्म गर्न मन छ । हलिउडको लोकप्रिय महिला सुपरहिरोइन चरित्र ‘वन्डर वुमन’बाट उनी प्रभावित छिन् । ‘बाबरीपछि मलाई भिन्न चरित्र गर्न मन छ । एक्सन फिल्म गर्न मन छ,’ अदिती भन्छिन् ।

‘पहिले हिरोइन टाइपको फिल्म मनपर्थ्यो । अहिले पर्सेप्सन चेन्ज भएको छ,’ अदिती भन्छिन्, ‘अब आफूलाई नयाँ फिल्ममा एक्सप्लोर गर्न मन छ ।’

‘बाबरी’ रिलिज नहुँदै अदिती र धीरज नयाँ अनटाइटल फिल्ममा सहकार्य गर्दैछन् जुन अदितीकै होम प्रोडक्सन फिल्म हुनेछ । ‘बाबरी’ सुटिङ सेटदेखि क्यामेरा पछाडि जसरी उनीहरुको केमेस्ट्री बन्यो, यो रसायनले अर्को फिल्ममा सहकार्य गर्न मद्दत पुग्यो ।

दुवैलाई सोधिएको जिज्ञासामा उनीहरुले डेब्यु फिल्मका को-स्टारभन्दा एकअर्कोसँग कम्फर्टेबल हुने बताए । ‘उनी निकै सहयोगी छन् । अदितीसँग लञ्च-डिनरमा गएँ । साम्राज्ञीसँग अफस्क्रिन समय बिताउन पाइनँ,’ धीरजले मित्रताबारे बोले ।

अदितीका लागि पनि धीरज प्रिय को-स्टार हुन् । डेब्यु फिल्म ‘कृ’का को-स्टार अनमोल केसीभन्दा कम्फर्टेबल लाग्यो धीरज उनलाई । तर दुवै जनाको स्टाटस सिंगल छ ।

अदितीलाई नेपाल र भारतमा लाखौंले पछ्याएका छन् भने धीरज नेपाल र बेलायतमा रुचाइएका छन् । दुवै जना इन्स्टाग्रामबाट उदाएका पर्सनालिटी पनि हुन् । आफू सिंगल रहेको खुलाउँदै अदितीले आफूसँग केटाहरु डराउने अनुभव बाँडिन् ।

‘खै किन हो, मसँग केटाहरु अप्रोच गर्न डराउँछन् । तर मेरो इन्टेन्सन होइन,’ अहिलेसम्म आफू सिंगल स्टाटसमै रहेकोबारे उनी खुलिन् ।

दुवै जना फिल्मलाई लिएर उत्साहित पनि छन् । ‘ट्रेलर र गीतले मलाई सरप्राइज तुल्याएको छ । उत्साहित छु,’ धीरज भन्छन् । अदितीलाई लाग्छ, बाबरीमा हाँसो, रोदन र रिसजस्ता भावनाको मिश्रण छ र यसले फेस्टिभ मुड पनि सेटअप गर्छ ।

सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा धीरज र अदितीसहित धीरज नाडकर पनि मुख्य भूमिकामा छन् । असोज १४ गते फिल्म रिलिज हुँदैछ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?