+
+

जब बालकोटमा ‘केपी ओली मुर्दावाद’को नारा लाग्यो…

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १९:०३
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास ।

३ असोज, काठमाडौं । सोमबार बिहान एक्कासी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित घर अगाडि उनीविरुद्ध नाराबाजी भयो । १०/१२ वटा मोटरसाइकलमा अनुहार छोपेर आएका युवाले ‘केपी ओली मुर्दावाद’ भन्दै केहीबेर नारा लगाए ।

बालकोटमा ओलीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु अलमलमा परे । यसरी प्रमुख प्रतिपक्षी दलका नेताविरुद्ध नारावाजी गर्ने को थिए ? सुरक्षा अधिकारीहरुले भेउ नै पाएनन् ।

घरबाट केही व्यक्ति बाहिर निस्किएर हेर्दा ती मोटरसाइकलको नम्बर प्लेट पनि स्पष्टसँग बुझ्न सकेनन् । दिउँसो पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयले घटनाबारे जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई जानकारी गराएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा भन्छिन्, ‘बालकोटमा नारावाजी भएको जानकारी आएको छ, यसमा संलग्न को को हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको निवास भएकाले सुरक्षा चुनौतीका आधारमा जतिसुकै बेला बालकोटमा उच्च सुरक्षा सतर्कता हुन्छ ।

‘तर आज के भएको भन्ने विषयमा छानबिन भइरहेको छ,’ उनले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?