
१३ असोज, काठमाडौं । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
उनले बिहीबार कांग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीसँग करिव डेढ घण्टा कुराकानी गरेका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू मुख्यमन्त्री पदमै रहन चाहेको भनेर देशभर आफू अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेको सन्देश गएको भन्दै दुःख व्यक्त गरे ।
उनले भने, मैले सोनियाजीसँग माफी पनि मागेको छु, किनकी एक लाइनको प्रस्ताव पास गराउन पाइएन । यसको दुःख मलाई जीवनभर हुनेछ ।’
हालै मात्र कांग्रेसका वरिष्ठ नेता अजय मानक र मालिकार्जुन खड्गे दिल्लीबाट राजस्थान पुगेका थिए । उनीहरुले कांग्रेसका विधायकहरुको बैठक गराउनुपर्ने प्रस्ताव गरेका थियो, तर हुन सकेन । ९० भन्दा बढी विधायकले संसदीय कार्यमन्त्री शान्ति धारीवाललाई भेटेर अशोक गहलोतको ठाउँमा कोही मुख्यमन्त्री बने उनकै गुटको विधायक हुनुपर्ने बताएका थिए ।
अजय मानकले भने यो बैठकलाई अनुशासनहीनता भनेका थिए ।
अध्यक्ष पदको दावेदारीबारे सोधिएको प्रश्नमा राजस्थानका मूख्यमन्त्री गहलोतले भने, ‘मैले तय गरेँ कि अब यो माहौलमा चुनाव लड्दिनँ । यो मेरो फैसला हो ।’
त्यसो भए राजस्थानको मुख्यमन्त्री चाहिँ रहिरहने हो भन्ने प्रश्नमा उनले भने, मुख्यमन्त्री कायमै रहने वा नहरने फैसला सोनिया गान्धीजीले गर्नेछिन् । कांग्रेस अध्यक्षले गर्ने छ ।’
प्रतिक्रिया 4