
काठमाडौं । फिल्म ‘बाबरी’को रेडकार्पेट प्रिमियर दुई अर्थले खास रह्यो । यो जमघट सेलिब्रिटीको ‘फेसन स्टेटमेन्ट’ बन्यो र अर्को कुरा धेरैपछि कुनै लभस्टोरी फिल्मले मीठो प्रतिक्रिया बटुल्यो ।
अदिती बुढाथोकी र धीरज मगर भन्ने बित्तिकै फेसन कोणबाट पनि त्यो इभेन्ट महत्वपूर्ण भइहाल्ने नै भयो । नेपाली फिल्ममा फेसनलाई आत्मसात गर्ने यी दुई कलाकार ‘बाबरी’ प्रिमियरमा समेत ‘हटकेक’ बने ।
फिल्म हेर्न बेनिशा हमाल, शिल्पा मास्के, जसिता गुरुङ, राजाराम पौडेलसहितका कलाकार बिग मुभिजमा पुगेका थिए । ‘लभस्टेसन’ गर्ल जसिताले त धीरजजस्तो ब्वाइफ्रेन्ड चाहिएको भन्दै उनको अभिनयको प्रशंसा गरिन् ।
‘ऊ वास्तवमा भर्सटाइल एक्टर हो । अदिती जहिल्यै राम्री एक्टर । धीरज नाडकरलाई उद्योगमा स्वागत छ,’ गुरुङ सुनिइन् । ‘बार्बी लुक्स’मा जसिता क्युट देखिएकी थिइन् ।
बेनिशाले धेरैपछि ‘लभस्टोरी’ फिल्म हेर्न पाएको र आफूलाई मनपरेको बताइन् । शिल्पाले आफूलाई गीत र छायांकन आकर्षक लागेको बताइन् । राजारामले पनि आफूलाई फिल्मले आफ्नो जवान उमेर सम्झिन बाध्य तुल्याएको प्रतिक्रिया दिए ।
धीरज मगर र अदितीको करिअरको हिसाबले बाबरी दोस्रो फिल्म हो । यी दुईले अदितीको होम प्रोडक्सन फिल्म पनि सँगै गर्नेछन् । फिल्म हेरेकाले राम्रो प्रतिक्रिया त दिएका छन् तर, यसको बक्स अफिस भविष्य दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
सुरेन्द्र पौडेल निर्देशित लभस्टोरी फिल्म ‘बाबरी’ नेपालसहित केही मुलुकमा एकसाथ रिलिज हुँदैछ ।
तस्वीरहरु : ज्ञानु राई
प्रतिक्रिया 4