+
+

जसपाकी करिमा बेगमले दिइन् प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:५८

२३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

आगामी मंसिर ४ को निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमको नाम पर्सा-२ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस पनि गरेको थियो । तर जसपा–एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

आइतबार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बेगमले पार्टीले आफूलाई टिकट नदिएपछि जनताको चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

बेगमले मधेश विरोधी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशसँग गद्दारी गरेको आरोप लगाएकी छन् । आइतबार प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा बेगमले जसपाले मधेश विरोधी दल एमालेसँग गठबन्धन गरेपछि आफूले जसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

मधेश आन्दोलनको घाउको पीडा अहिले पनि आफूले बोकेर बाँचिरहेको भए पनि पार्टी नेतृत्वले त्यसको मूल्यांकन नगरेको उनले बताइन् ।

बेगमले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति पनि चर्काे आक्रोश पोखिन् । उनले मुख्यमन्त्री राउत मधेश प्रदेशको मुख्यमन्त्री नभई आफनो निर्वाचन क्षेत्र र आफनो पुर्ख्यौली गाउँको मात्र मुख्यमन्त्री बनेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?