+
+

राष्ट्रपति भण्डारी डिस्चार्ज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १०:४९

२५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ । ‘अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेका हौं,’ एक चिकित्सकले भने, ‘आवश्यक परे राष्ट्रपति भवनमा गएर थप परीक्षण र उपचार हुन्छ ।’

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २३ असोजमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?