+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

शरद–रोशनी मृत्यु : शवको पोस्टमार्टम गर्न आफन्तले दिएनन्

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असोज ३१ गते १९:२१

३१ असोज, दाङ । दाङको तुलसीपुरमा दुई किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि  प्रहरीले घटनाका विषयमा खास क्लु (तथ्य) भेटाउन सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा घरबाट असोज २७ गते राति हराएका १५ वर्षीया रोशनी महतरा र सोही ठाउँका मामा घरमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव  जंगलमा आइतबार दिउँसो एउटै खाडलमा फेला परेको थियो ।

यो २४ घण्टामा प्रहरीले एक जना टिपर चालकलाई पक्राउ गरेको छ र अनुसन्धानका लागि अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । र सोधपुछ गरेर छाड्दै गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले घटनाका विषयमा खास क्लु भेटाइन नसकेको बताए । उनले घटना कसरी हुन पुग्यो भन्ने विषयमा अझै अन्योल रहेको छ । ‘सामान्य सोधपुछ बाहेक सार्वजनिक गर्ने कुनै तथ्य फेला परेको छैन’ उनले भने ।

प्रहरीले अहिलेसम्म मोबाइल लोकेसन ट्यापिङ गरी एक जना टिपर चालकलाई पक्राउ गरेको छ। शरद–रोशनी हराएको २७ गते राति टिपर चालकले शरदकी हजुरआमालाई फोन गरेको कल डिटेलबाट खुलेकाले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् ।  त्यसबाहेक घटनाका विषयम थप तथ्य भेटाउन प्रहरीले सकेको छैन ।

मृतक दुबैको टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको हुँदा प्रहरीले हत्याको आशंका गरेको छ ।

तुलसीपुर-१३ वडाध्यक्ष मोहन पौडेलका अनुसार शरद–रोशनी दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा कक्षा ९ मा पढ्दै आएका थिए । किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन् । किशोर सानैदेखि मामाघरमा बस्दै आएका थिए ।

यता शरद- रोशनीका आफन्तले शवको पोष्टमार्टम गर्न दिएका छैनन् । अहिले दुबै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

दोषी पत्ता नलागेसम्म शवको पोष्टमार्ट गर्न नदिने र आफूहरुले शव नबुझ्ने रोशनीका काका टेकराज महतराले बताए । उनले हत्यारालाई छिटो पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गरे ।

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?