+
+

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते ७:११

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।

असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दावेदार निसिमको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?