+
+

स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालको आईसीयूमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १९:३४

३ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पतालमा लगिएका थिए ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले राज्यमन्त्री केसीको आईसीयूमा उपचार भइरहेको बताए ।

‘राज्यमन्त्रीज्यू हिजो टेकुबाट वीर अस्पताल आउनुभएको हो, अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ’, डा. बस्नेतले अनलाइखबरसँग भने, ‘हिजो स्वास्थ्य अवस्था गम्भीर थियो । तर, आजबाट सुधार हुँदै गएको छ ।’

राज्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल पुगेका थिए । उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

साउनयता नेपालमा ४२ हजार ५०४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७७ जिल्लामा फैलिएको डेंगुका कारण यस बर्ष ५१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?