+
+

रिजवानलाई पछि पार्दै आईसीसी वरीयताको शीर्ष स्थानमा पुगे सूर्यकुमार यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १६:४६

१६ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर सूर्यकुमार यादव टी-२० क्रिकेटको व्याटिङ वरीयतामा शीर्ष स्थानमा पुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पछिल्लो पटक अपडेट गरेको टी-२० वरीयतामा सूर्यकुमारले पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पारेका हुन् ।

अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपमा सूर्यकुमार उत्कृष्ट लयमा छन् । उनले सुरावती तीन खेलमध्ये दुई खेलमा अर्धशतक प्रहार गरिसकेका छन् । पहिलो खेलमा पाकिस्तान विरुद्ध १५ रनमा आउट भएका सुर्यकुमारले त्यसपछि नेदरल्याण्ड्स विरुद्ध अविजित ५१ र दक्षिण अफ्रिका विरुद्ध ६८ रन बनाएका थिए ।

सूर्यकुमार २०२२ मा टी-२० मा धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले यस वर्ष १ शतक र ८ अर्धशतकसहित ९३५ रन बनाइसकेका छन् ।

सूर्यकुमार बाहेक दक्षिण अफ्रिकाका राइले रुसो र न्युजिल्याण्डका ग्लेन फिलिप्सले पनि वरीयतामा फड्को मार्दै शीर्ष दशमा समावेश भएका छन् ।

रुसोले जारी विश्वकपमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए । उनी १७ स्थान माथि उक्लँदै आठौं स्थानमा पुगेका छन् । यस्तै श्रीलंका विरुद्ध शतक प्रहार गरेका फिलिप्स पाँच स्थान माथि उक्लँदै सातौं स्थानमा पुगेका छन् ।

टी-२० को बलरतर्फ अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा छन् भने श्रीलंकन वानिन्द हसरंगा दोस्रो स्थानमा उक्लेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?