+
+

विश्वकपमा युरोपियन क्लबका खेलाडीको बाहुल्य: बायर्नबाट मात्र १७ जना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ५:५६

१ मंसिर, काठमाडौं । कतारमा आइतबारदेखि सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै देशले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन् । फिफाले मंगलबार कूल ८३१ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

कतार विश्वकपमा खेल्ने सूचीमा परेका खेलाडीमा युरोपियन क्लबहरुको बाहुल्य छ । जसमा जर्मनी, स्पेन इंग्ल्याण्डको क्लबबाट खेल्ने खेलाडी धेरै छन् ।

सबैभन्दा धेरै जर्मन क्लब बायर्न म्युनिखबाट छ । बायर्नका ७ खेलाडी जर्मनी टिममा छन् । चार खेलाडी फ्रान्सको टिममा छन् । क्यामरुन, क्यानडा, क्रोएसिया, मोरोक्को, नेदरल्याण्ड्स र सेनेगलमा १–१ जना खेलाडी छन् ।

इंग्लिस क्लब म्यानचेष्टर सिटी र बार्सिलोनाका समान १६ जना खेलाडी विश्वकप खेल्ने टिममा छन् । सिटीका सर्वाधिक ७ खेलाडी इंग्लिस टिममा छन् भने तीन खेलाडी पोर्चुगलको टिममा छन् ।

यस्तै बार्सिलोनाका १६ खेलाडीमध्ये सर्वाधिक ७ खेलाडी स्पेनको टिममा छन् । फ्रान्स र नेदरल्याण्ड्स टिममा दुई(दुई खेलाडी छन् । यसैगरी कतारको अल सादबाट खेल्ने १५ खेलाडी विश्वकपमा छनोट भएका छन् ।

म्यानचेष्टर युनाइटेडबाट १४, रियल मड्रिडबाट १३, चेल्सी र अल हिलालबाट समान १२ खेलाडी छन् ।

टोटनहम, पेरिस सेन्ट जर्मेन बोरुसिया डर्टमण्ड, युभेन्ट्स, अयाक्स र एट्लेटिको मड्रिडबाट ११-११ तथा आर्सनल र सेभियाबाट समान १० खेलाडी छन् ।

कूल ८३१ मध्ये सबैभन्दा धेरै ६०५ खेलाडी युरोपको लिगमा खेल्ने खेलाडी छन् । त्यसपछि एसियन लिगमा खेल्ने ११३ खेलाडी छन् । उत्तर अमेरिकी क्षेत्र कोनकाकाफमा लिग खेल्ने ७५ र दक्षिण अमेरिकी क्षेत्र कनमेबोलमा लिग खेल्ने २१ जना छन् । अफ्रिकामा लिग खेल्ने १७ खेलाडी मात्र छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?