+
+

अब सोलार बिजुलीको पीपीए प्रतिस्पर्धाबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १७:३७
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब सोलार ऊर्जाका आयोजनाहरुसँग प्रतिस्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले खुला प्रतिस्पर्धा गराउन प्रस्तावहरु माग गरेको छ ।

अध्ययन चरणमा रहेका र निर्माण गर्न सकिने ठहर भएका सोलार आयोजनाबाट विद्युत खरिद गर्न प्राधिकरणले अधिकतम मूल्यसहितको प्रस्ताव मागेको हो । इच्छुक आयोजनाहरुले प्रतियुनिट अधिकतम ५.९४ रुपैयाँसम्ममा प्रस्ताव गर्न सक्नेछन् ।

प्राधिकरणले पहिलो चरणमा १०० मेगावाटका लागि प्रस्ताव आह्वान गरेको हो । हाल सोलार ऊर्जालाई प्राधिकरणले प्रतियुनिट करिब साढे सात रुपैयाँसम्म तिरिरहेको छ ।

९० दिनभित्र प्रस्ताव पेश गर्ने कम्पनीमध्येबाट सबैभन्दा कम मूल्यमा सोलर बिजुली बेच्न प्स्ताव गर्ने कम्पनीसँग प्राधिकरणले पीपीए गर्नेछ ।

प्राधिकरणले १८ महिनाभित्र परियोजना निर्माण सक्नुपर्ने भनेको छ ।

नेपालमा अहिलेसम्म करिब ४० मेगावाटको सौर्य आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । करिब १५२० मेगावाटका सोलार आयोजनाहरु अध्ययनका चरणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?