+
+

वेल्समाथि सहज जितपछि इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते ४:१४

१४ मंसिर, काठमाडौं । मार्कस राशफोर्ड प्रेरित इंग्ल्याण्ड टिम वेल्समाथि ३-० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निराशाजनक प्रदर्शनसँगै वेल्स विश्वकपबाट बाहिरियो ।

नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको खेल बराबरीमा सकिनुपर्ने थियो । वा, सो खेलमा चार गोलको अन्तरमा जित हार हुनुपर्ने थियाे ।

खेलमा इंग्ल्याण्डले कुनै पनि समय दवावको सामना गर्नुपरेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा उनीहरु पूर्णतः हाबी थिए । क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

वेल्सका प्रशिक्षक रब पेजले आफ्ना सुपरस्टार ग्यारेथ बेललाई पहिलो हाफमै सब्स्टिच्युड गर्ने निर्णय लिए । किनभने ४५ मिनेटको अवधिमा यी स्टार खेलाडीले मात्र सातपल्ट बल छोएका थिए । तर, यो रणनीतिले पनि काम गरे । दोस्रो हाफ सुरु भएको ६ मिनेटभित्र इंग्ल्याण्डले २ गोल गरेको थियो ।

५०औं मिनेटमा वेल्सका एथन अम्पाडुले फिल फोडेनमाथि फल गरेपछि पाएको फ्रिकिकमा राशफोर्डले शानदार गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै इंग्लिस टिममा आफ्नो पुनरागमन सार्थक पार्दै म्यानचेस्टर सिटीका मिडफिल्डर फोडेनले कप्तान ह्यारी केनको क्रस उपयोग गरी अर्को गोल गरे ।

लगातार दुई गोल वेल्सलाई निराश बनाउन काफी थियो । किनभने उनीहरुलाई थाहा थियो, यो खेलपछि घर फर्किनुपर्छ । वेल्सका गोलरक्षक वार्डको कमजोरीको फाइदा उठाउँदै ३८औं मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्डले सहज विजय पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?