+
+

भ्वाइस अफ नेपालका अन्तिम ११ प्रतिस्पर्धी घोषणा, टीम राजेशका भूपेन्द्र रणपाल बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते २१:५७

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् ।

टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए ।

उद्घोषक सुशिल नेपालले बाहिरिएको घोषणा गर्दा उनले आँसु थाम्न सकेनन् । उनका कोच राजेशपायल राई समेत भक्कानिए । माहौल भावुक बनेको थियो ।

टीम राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीका सबै तीन प्रतिस्पर्धी अन्तिम ११ मा प्रवेश गरेका छन् । जसमा टीम राजुबाट करण राई, रिहान गिरी र रिवश गुरुङ छन् ।

टीम प्रमोदबाट आशिष महर, आशिष रायमाझी र योगेश मगर पनि आगामी चरणको लागि छनौट भएका छन् । टीम प्रविशाबाट वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बु अन्तिम ११ मा प्रवेश गरे ।

टीम राजेशबाट सविना योङहाङ र पदम राई मात्र छनौट भए । दर्शकले शनिबारको एपिसोडमा पर्फमेन्सको अन्त्यसम्म भोट गर्न सक्ने भएका छन् । दर्शकीय भोटको आधारमा विजेता चुनिने जनाइएको छ ।

‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?