+

विश्वकप फुटबल : क्यामरुनसँग हारे पनि ब्राजिल समूह विजेता

२०७९ मंसिर  १७ गते ६:४२ २०७९ मंसिर १७ गते ६:४२
विश्वकप फुटबल : क्यामरुनसँग हारे पनि ब्राजिल समूह विजेता

१७ मंसिर, काठमाडौं । नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १-० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान समाप्त भएको छ ।

खेलको इन्जूरी समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई ठूलो जित दिलाएका हुन् । तर, गोलपछि जर्सी फुकालेका कारण उनले खेलको दोस्रो पहेलो कार्ड पाए र मैदान छाड्न बाध्य रहे ।

स्टार स्ट्राइकर ब्रायन एमबुएमोको साथमा क्यामरुनले खेलभर ब्राजिलमाथि दवाव राखेको थियो । तर, लिभरपुलका एलिसनको स्थानमा खेलेका म्यानचेस्टर सिटीका एडर्सनले शानदार बचार गरेका थिए । स्वीट्जरल्याण्डले सर्वियालाई पराजित गरेपछि जारी विश्वकपमा कुनै पनि अफ्रिकी टोलीले नकआउट चरणको यात्रा तय गर्न सकेनन् ।

यसअघि नै नकआउटमा स्थान सुरक्षित गरेको ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले अघिल्लो खेलको टिमबाट १० खेलाडी परिवर्तन गरेका थिए । खेलमा आर्सनलबाट खेल्ने गाव्रियल मार्टिनेलीले आफूलाई प्रमाणित गरेका छन् ।

प्रतियोगिताको मुख्य दावेदार ब्राजिल समूह जी को विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । उसले क्वाटरफाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्नेछ ।

क्यामरून फिफा विश्वकप ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय